Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

टर्कीस एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्ने समस्या, लगातार आकाशमा फन्को

बिप्लव जमकटेल ६ कार्तिक २०७८, शनिबार ११:०५
साङ्केतीक तस्बिर
साङ्केतीक तस्बिर
शेयर गर्नुहोस् Facebook

काठमाडौं । अहिले काठमाडौंको आकाशमा टर्कीस एयरलाइन्सको विमान लगातार फन्को लगाइरहेको छ ।ल्यान्डिङमा केही समस्याभएका कारण टर्कीस एयरलाइन्सको  A330-343 कलसाइनको विमानले आकाशमा फन्को लगाइरहेको छ ।

विमानले पहिलोपटक ल्यान्ड गर्ने खोजेको थियो तर मिस एप्रोचका कारण विमानले ल्यान्ड गर्न सकेको थिएन ।

टर्कीस एयरलाइन्सको विमान टर्कीको इस्तम्बुलबाट काठमाडौंका लागि उडेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘मिस एप्रोच’ भएका कारण विमानले ल्यान्ड गर्न नसकेको हो । केही बेरमा विमानले ल्यान्ड गर्ने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाका अनुसार मिस एप्रोचका कारण विामन ल्यान्ड गर्न नसकेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।