शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् । 

नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् । छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् । 

शिक्षा आर्जनका लागि ३६ युवा विदेशिएका छन् । बैंक, सहकारी संस्था र समूहबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६८ छ । पशुपक्षी व्यापार, नोकरी, ज्यालादारी मजदुरीलगायतबाट नगरपालिकामा वार्षिक रुपमा रु एक अर्ब ५३ करोड ९४ लाख ८४ हजार ७१९ रकम आम्दानी हुने गरेको छ । 

कूल आम्दानीको ३६ दशमलव १५ प्रतिशत अर्थात रु ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। 

वैदेशिक रोजगारीमा २० वर्षदेखि २४ वर्ष उमेरका एक हजार ८३६ युवा सहभागी भएका छन् । वैदेशिक रोजगारीबाट पठाएको रकमको अधिकांश हिस्सा घर घडेरी र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको पाइएको छ । 

केहीले मात्रै उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीबाट पठाएको रकमको सदुपयोग गरेको देखिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?