सातामा ७२ घण्टा काम गर्ने सर्वाधिक चर्चित टेलर

एजेन्सी अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, रसेल क्रो र ब्रुनो मार्सजस्ता चचित व्यक्तिहरूका लागि सुट सिउने सर्वाधिक चर्चित टेलर साताको ७२ घण्टा काम गर्छन् ।

सातामा ६ दिन काम गर्ने यी टेलरले दिनको १२ घण्टा काम गर्ने गरेको बताउँछन् । हंगकंगको स्याम्स टेलरका मालिक रोशन मेलवानीले सुट सिउने कामका लागि ख्याति कमाएका हुन् ।

उनले विश्वका नेताहरूमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस, बिल क्लिन्टनदेखि सेलिब्रेटिहरूमा डेभिड ब्रो रसेल क्रो र ब्रुनो मार्ससमेतका लागि सुट सिउने गरेका छन् । सुट सिउने उनको ६० वर्षे पारिवारिक विरासत छ ।
४१ वर्षे तेस्रो पुस्ताका मेलवानी बाउ बाजेको विरासत थामेका छन् । मेलवानीले विगतको दसकमा आफ्नो पुख्र्यौली पेशालाई अझ बढी आधुनिकीकरण गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?