अन्जन विष्टले भारतविरुद्धको फाइनल खेल गुमाउने

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपालका फरवार्ड अन्जन विष्टले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनल खेल गुमाउने भएका छन् ।

दुई वटा पहेंलो कार्डकै कारण अन्जनले भारतविरुद्धको फाइनल खेल गुमाउने भएका हुन् ।

त्यस्तै, प्रशिक्षक अलमुताइरीले लिग चरण दुई फरक फरक खेलमा पहेंलो कार्ड पाएका थिए । सोही कारण साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

यो पनि पढ्नुहोस् : प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज माल्दिभ्समा हुने फाइनल खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । पहिलो पटक साफको फाइनलमा पुगेको नेपाल बलियो टोली भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न दाउमा रहेको छ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने भएकाले खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ ।

भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ । तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?