आज साफ च्याम्पियनसिपको फाइनल : नेपाललाई इतिहास रच्ने अवसर

लोकपथ
16k
Shares

काठमाडौं । नेपालले आज (शनिबार)  पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय गर्न सकेको थियो ।

आज माल्दिभ्समा हुने फाइनल खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । पहिलो पटक साफको फाइनलमा पुगेको नेपाल बलियो टोली भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न दाउमा रहेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने भएकाले खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताएका छन् ।

“हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,”कप्तान किरण चेम्जोङले भनेका छन् ।

यो पनि पढ्नुहोस् : फाइनलमा भारतसँग खेल्दा गोर्खाली जसरी खेल्छौँ : किरण चेम्जोङ

भारत र नेपालले हालसम्म २२ खेल खेलेका छन् जसमा भारतले नेपालविरुद्ध १५ खेल जितेको छ । नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?