प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

लोकपथ
18.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज (शनिबार) हुने भारतविरुद्धको फाइनल खेल गुमाउने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले लिग चरण दुई फरक फरक खेलमा पहेंलो कार्ड पाएका थिए । सोही कारण साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

नियमवद्ध रुपमा र साफले तयार पारेको प्रतियोगिताको नियमावलीलाई पल्ट्याएर हेर्ने हो भने फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख गरिएको छ ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ ।

साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । गत पत्रकार सम्मेलनमा अलमुताइरीको सट्टा सहायक प्रशिक्षक किरण श्रेष्ठले बोलेका थिए ।

यो पनि पढ्नुहोस् : आज साफ च्याम्पियनसिपको फाइनल : नेपाललाई इतिहास रच्ने अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?