राष्ट्रपतिले प्रदान गर्ने प्रबल जनसेवाश्री पदवी सम्मान लिन जालिन् कि नजालिन् विष्णु माझी ?

लोकपथ
1.1k
Shares

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गरिनेछ ।

त्यस्तै लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ । विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएपछि अहिले सबैको ध्यान गायिका विष्णु माझीतर्फ गएको छ । आफ्नो विवाहपछि गुमनाम भएकी विष्णु माझी राष्ट्रपति भण्डारीले प्रदान गर्ने प्रबल जनसेवाश्री पदवी सम्मान लिन आउछिन की आउदिनन् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

यो पनि पढ्नुहोस् : त्यही एउटा तस्बिर : विष्णु माझी कहिले हुन्छिन् सार्वजनिक ?

विष्णु माझी कतै पनि सार्वजनिक रूपमा देखा पर्ने गरेकी छैनन् । आफ्ना समकक्षी अरु कलाकारसँग भेटघाट गर्दिनन् । गीत गाउन स्टुडियो आउँदा समेत घुम्टोले पूरै अनुहार ढाकेर आउने गरेकी छिन् ।

उनको चरी जेलैमा गीतको सुटिङमा उनी आएको भिडियो सार्वजनिक भएको थियो । त्यसमा उनले अनुहार छोपेर आएकी थिइन् । स्टुडियोमा पनि कोठा अँध्यारो बनाएर गीत गाउने गरेकी छिन् ।

गुगलमा विष्णु माझीको तस्बिर खोज्ने हो भने एउटा मात्रै भेटिन्छ । कालो, रातो अनि बीचमा थोरै हरियो पुवाँलोको माला । चिल्लो पारेर कोरेको कपाल अनि आकाशे रंगको सामान्य फूलबुट्टे सारीमा सजिएको एउटा उज्यालो अनुहार । यही एउटा तस्बिर छ, जसले १५ वर्षदेखि गायिका विष्णु माझीलाई प्रतिबिम्बित गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : गीतमा भनेजस्तै जेलजीवन नै बिताइरहेकी छिन् त विष्णु माझी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?