इजरायल रोजगारी : आवेदन दिएकाहरुको लिखित परीक्षा तय

लोकपथ
182
Shares

काठमाडौ । इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारहरुको लिखित परीक्षाको मिति तय भएको छ । परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ ।

दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता हुनेछ । छनोट प्रक्रिया नलम्बिएमा कामदार असोज मसान्तसम्म इजरायल उड्ने छन् ।

इजरायल रोजगारीका लागि एक हजार कामदारको माग गरेकोमा अनलाइनमार्फत नौ हजार ६ सय ९९ ले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?