कामदार भिसामा ३ हजार विदेशी नेपाल आउँदा ३ लाख नेपाली बाहिरिए

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा करिब ३४ सय विदेशी नागिरक कामदार भिसा लिएर नेपाल आएका छन् भने विभिन्न अवसरको खोजीमा ३ लाखभन्दा बढी नेपाली विदेशीएका छन् ।

अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को १२ महिनाको अवधिमा उक्त संख्यामा विदेशीहरु कामदार भिसा लिएर नेपाल आएका हुन् । विभागका अनुसार अध्यागमन विभाग (एकल बिन्दु सेवा) बाट एक वर्षमा ६० र अध्यागमन विभागको गैरपर्यटक शाखाबाट ३ हजार ३३१ गरी कुल ३ हजार ३९१ जनाले कामदार भिसा लिएको तथ्यांक छ ।

नेपालबाट वैदेशिक रोजगारी र अन्य विभिन्न प्रयोजनका लागि ३ लाख ४ हजार १९९ जना नेपाली विदेशीएको तथ्यांकले देखाएको छ । भने एक वर्षको अवधिमा विभिन्न मुलुकमा रहेका ४ लाख १४ हजार ४ सय ५० जना नेपाली घर फर्किएका छन् ।
नेपालमा कोरोना महामारीका कारण लगातार दोस्रो वर्ष पदयात्रामा जाने पर्यटकको संख्यामा भने ठूलो कमी आएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार एक वर्षको अवधिमा कुल ३०९ जना पर्यटकले पदयात्रा अनुमति पत्र लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?