ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

RSS
77
Shares

सिरहा । सिरहा नगरपालिका – १३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका – १६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

स १ त ३९७२ नम्बरको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?