गण्डकी प्रदेश : ३१ मतसहित मुख्यमन्त्री पोखरेलको पद सुरक्षित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

गत जेठ २९ गते संविधानको धारा १७६(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले शुक्रवार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा उपस्थित कुल ५८ सदस्यमध्ये उनले ३१ जना सांसदको मत प्राप्त गरेका गरे। भने उनको विपक्षमा २७ मत परेको थियो ।

प्रदेश सभामा आज उपस्थित कुल ५८ सांसदमध्ये मुख्यमन्त्री पोखरेलले बहुमत प्राप्त गरेको प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सभालाई जानकारी गराएका थिए ।
जसमा उनीसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) ले उनको पक्षमा मतदान गरेका थिए । भने एमालेले उनको विपक्षमा मतदान गरेको थियो ।

संवैधानिक आधारमा मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान अनुसार आज मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएका हुन् । त्यससँगै अब उनको पद सुरक्षित भएको छ ।

यो पनि

गण्डकी प्रदेश : धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

यस्तो छ नवनियुक्त मुख्यमन्त्री पोखरेलको राजनीतिक इतिहास

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?