१. नेपालमा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु, ९ हजार ८ सय ४१ जना संक्रमणमुक्त, थपिए ६ हजार ९ सय ५१ जना संक्रमित
२. प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु, नेकपा विभाजनको फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठमाथी मुद्दा प्रभावित हुने भन्दै उठ्यो प्रश्न
३. प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रिया दाबी गर्न पूर्ण असंवैधानिक भएको ४ पूर्व प्रधानन्यायाधीशको भनाई, धारा ७६ बमोजिम सरकार गठन गर्ने संभावना रहेसम्म संसद विघटन गर्ने नमिल्ने प्रष्टोक्ति
४. बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशबासीका नाममा सम्बोधन, ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै निर्वाचनका लागि सबै दलसँग आह्वान
५. महाकाली पूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको प्रधानमन्त्री ओलीको भनाई, सबै समस्याको समाधान वार्ता मार्फत् गरिनेमा जोड
६. काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप कडिकडाउ, समस्या परे सम्बन्धित वडा नगरपालिकामा वा नेपाल प्रहरीको १०३ मा सम्पर्क गर्न अनुरोध
७. जेठ १८ गतेबाट चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान शुरु गर्ने सरकारको निर्णय, यात्रु १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
८. एसईई र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो, सरकारसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गर्ने परीक्षा बोर्डको तयारी
९. भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपति भण्डारीद्वारा खेद व्यक्त, चिकित्सकमाथि हातपात गर्ने ३ जना पक्राउ
१०. चीन र अमेरिकाबाट एक करोड डोज खोप किन्ने सरकारको तयारी,चीनको सिनोफार्मसँग अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप खरीद प्रक्रिया अघि बढाईएको जानकारी
११. भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी, पछिल्लो २४ घण्टामा थपिएका १ लाख ८६ हजार संक्रमित ४४ दिनयताको सबै भन्दा कम, मृत्युदर प्रयासअनुरुप घटेन
१२. रुसले जनावरहरूलाई लगाउन थाल्यो कोरोनाविरुद्धको खोप, कार्निभ्याक कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाए
१३. चिनियाँ प्रयोगशालाबाट कोरोना उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशपछि बोल्यो चीन, अमेरिकी निकायहरूसँग कुनै सूचना भए उपलब्ध गराउनुपर्ने डब्लयूएचओका भाइरोलोजिस्टको माग
१४. विश्वकै लागि खतरनाक कोरोनाको नयाँ प्रकार ब्रिटेनमा फैलियो, तिव्र रुपमा फैलिए यसको नियन्त्रण गर्न एक दशकसम्म लाग्नसक्ने विज्ञको चेतावनि
१५. नेपालले भोलि इराकसँग मैत्रीपूर्ण खेल खेल्दै, इतिहासमै पहिलो पटक नेपाली टोलीे “सेतो” जर्सी लगाएर मैदान उत्रदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया