चीनले गर्‍यो अमेरिकाको आलोचना, अरूलाई दोषी देखाएको भन्दै बाइडनको चर्को भत्सर्ना

लोकपथ
126
Shares
Pic: Axois

काठमाडौं । कोरोना चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी राष्ट्रपति जो बाइडनले भने पछि चीनले त्यसको आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले केही दिन अघिमात्रै भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले प्रतिवेदन तयार पार्ने बताएका थिए ।

बाइडनको यो कदमलाई चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।

वुहानमा चिकित्सक

उसले कोभिड-१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।

कोभिड-१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो । त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो।

उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?