रुसले जनावरहरूलाई लगाउन थाल्यो कोरोनाविरुद्धको खोप

लोकपथ
231
Shares

काठमाडौं । रुसमा जनावरहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । रुसी अधिकारीका अनुसार गत मार्च महिनामा रुसले कोरोना भाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो।

देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन शुरु गरिएको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले बताएको छ ।

Russia registers world's first COVID vaccine for animals: watchdog - Nikkei  Asia

उक्त निकायका अनुसार कार्निभ्याक-कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन्। वैज्ञानिकहरूले हाल मानिसहरूमा कोरोना फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन्।

तर विश्वभरि विभिन्न प्रजातिका जनावर जस्तै कुकुर, बिराला, चिम्पान्जीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। जनावरलाई दिइने कार्निभ्याक-कोभ लगाएपछि झन्डै छ महिनासम्म प्रतिरक्षा प्रणाली बलियो हुने बताइएको छ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?