सूर्या लाइफको सीईओमा पवन खड्का नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नयाँ सीईओमा जिम्मेवारी दिएको हो ।

उनी यसअघि कम्पनीको निमित्त सीईओ रहेका थिए ।

यसअघिका सीईओ शिवनाथ पाण्डेले राजीनामा दिएसँगै उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको थियो । नयाँ जिम्मेवारी पाएसँगै कम्पनीले उनको नाम बीमा समितिमा पेश गरिएको र समितिले अन्तिम स्वीकृती दिएसँगै उनी सीईओमा नियुक्त हुनेछन् ।

काममा दक्ष मानिने खड्काले बेलायतबाट चार्टड एकाउन्टेन अध्ययन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेको अनुभव रहेका खड्का विभिन्न संघ संस्थामा रहेर काम गरेको अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?