१ नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु, थपिए ८ हजार ६ सय ७ जना संक्रमित
२ देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता, प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष आफूलाई १५३ जना सांसदको समर्थन रहेको दाबी प्रस्तुत
३ आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान, रिक्त सातवटा मन्त्रालयको जिम्मेवारी ओलीले सम्हाल्नेगरी तोकियो ।
४ राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको अपमान गरेको भन्दै विपक्षी गठबन्धन र भातृ संगठनहरुको आपत्ति, अन्य प्रक्रिया रोकेर नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक भएको दाबी ।
५ संविधान संशोधनका लागि जसपा र एमाले नेता सम्मिलित ५ सदस्यीय कार्यदल गठन, कार्यदलले दिएको सुझावका आधारमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी
६ जसपाका नेताहरुबीचको तिक्तता उत्कर्षमा पुग्यो, महन्थले स्थगित गरेको कार्यकारिणी समितिको बैठक यादवले जारी राखे ।
७ कोरोनाले भौतिक रुपमा परीक्षा संचालन हुन नसकेपछि जेठ २५ गतेभित्र आधारभूत तह लगायतको परीक्षाको नतिजा प्रकाशन गर्न ललितपुर महानगरको आग्रह, आन्तरिक एवं वैकल्पिक विधिबाट नतिजा निकाल्न सूचित
८ प्रधानमन्त्री ओलीको विपक्षमा नजाने जसपाका अध्यक्ष महन्थ ठाकुरको भनाई, प्रधानमन्त्री ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरेका दाबी ।
९ राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट, विश्वासको मत लिने प्रकिया नगरि सरकार गठन गरिनु असंवैधानिक रहेको कानून व्यवसायीको भनाई
१० कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा रहेको उपप्रधानमन्त्री पोखरेलको भनाई, प्रधानमन्त्रीविरुद्ध फैलिरहेका हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह
११ नेपालमा बढ्दो कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि अष्ट्रेलियाद्वारा सहयोगको घोषणा, राष्ट्रसंघमार्फत् ७० लाख डलर दिने
१२ कोरोनाको स्वास्थ्य सामग्री सहज रूपमा आयात गर्ने कार्यविधि जारीसँगै स्वास्थ्य सामग्री सहज जाँचपासका लागि बाटो खुल्यो, भन्सारमा छुट्टै इकाइ खडा गरिने ।
१३ गाजा पट्टीमा जारी आक्रामक कारवाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच युद्धविराम, खुशियालीमा सडकमा निस्किए प्यालेस्टिनी ।
१४ फिफाले २०२३ मा हुने महिला विश्वकपको नयाँ मिति तय ग-यो, जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुने खेलको फाइनल सिड्नी स्टेडियम हुने
१५ स्पेनिस ला लिगा फुटबलमा उपाधिका लागि शनिबार छिनोफानो हुँदै, उपाधि होडमा बलियो देखिएको एथ्लेटिकोको जित निर्णायक हुने
https://www.facebook.com/lokpath/videos/106999121480401
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया