काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । माधव कुमार नेपाल सहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षरसहितको दाबी दर्ता गराएका हुन् ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएकी एक नेताले बताए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । १५३ सांसदको समर्थन रहेको दाबीसहितको हस्ताक्षर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष पेश गरिसकेका छन् ।
‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया