काठमाडौं- संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित पाँच सदस्यीय कार्यदल गठन भएको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिँदै जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र नेकपा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।
यसैबीच परिस्थितिजन्य काममा आफ्नो कुनै इच्छा नभएको जसपा अध्यक्ष ठाकुरले बताएका छन् ।
वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा ठाकुरको नाम अगाडी आईरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया