हेर्नुहोस् आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

लोकपथ
84
Shares

१. कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९६ जनाको मृत्यु, ८ हजार २ सय ३ जना संक्रमित थपिए ६ हजार ८ सय ९१ संक्रमण मुक्त

२. प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, प्रधानमन्त्रीले फेरि पद तथा गोपनीयताको शपथ लिनु नपर्ने

३. कोरोना संक्रमण दरको हिसाबले नेपाल विश्वको ४३ औँ स्थानमा, हाल सक्रिय संक्रमित मात्रै १ लाख १४ हजार ५ सय २९

४. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापाबीच भेटघाट, थापाले मागे मत, नेपाल मौन

५. सप्तरीको सप्तकोशी नगरपालिका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट मृत्यु, तीन दिनअघि पेटबाट मृतावस्थामा निकालिएको बच्चाका कारण थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ

६. कोरोनाको जोखिमसँगै मौलायो कालोबजारी, ७ सयको अक्सिमिटरलाई ५ हजारमा बिक्री, सरोकारवाला निकाय मौन

७. सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना संक्रमितको दाहसंस्कार आफन्तबाटै हुन थाल्यो, समुदायमा संक्रमण फैलिने भयले लिवाङका स्थानीयवासी त्रसित

८. बाराको रंगपुरमा मंगलवार बिहानै दाजुभाईको घाँटी रेटिएको अवस्थामा शव फेला, पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल कलैया लगियो

९. दैलेखको दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु, रोजगारीका लागि भारत गएकाहरुहरु फर्केसँगै संक्रमणदर बढ्यो

१०. शेयर बजारमा नयाँ रेकर्ड, अहिलेसम्मकै सबैभन्दा धेरै ११ अर्ब बढीको कारोबार

११. वर्तमान सरकारले विश्वासको मत नलिएको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतको भनाई, बजेट विधिपूर्वक ल्याउनुपर्ने र प्री बजेटबारे छलफल जरुरी रहेको उल्लेख

१२. हिन्द महासागरमा चक्रवातमा परि मानिसहरु सवार डुंगा बेपत्ता, १ सय २७ जना हराए, चक्रवातका कारण ठाउँठाउँमा पहिरो

१३. भारतमा कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा थपिए २ लाख ६३ हजार संक्रमित, ४ हजार ३२९ जनाको मृत्यु

१४. विश्वकप फुटबल छनोटका बाँकी खेलका लागि नेपालले ग¥यो टोलीको घोषणा, भरत खवास र रजिन धिमाल अटाएनन्

१५.  इंग्लिश प्रिमियर लिग अन्र्तगत लेस्टरसँग ‘एफए’ कपको बदला लिने दाउमा चेल्सी, लिभरपुललाई ठूलो चासो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?