काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।
आज थपिएका ८ हजार २ सय ३ जना संक्रमित कुन प्रदेशमा कति ?
प्रदेश १ – १ हजार २ सय ३४ जना
प्रदेश २ – ५ सय १५ जना
बागमती प्रदेश – ३ हजार ९ सय २१ जना
गण्डकी प्रदेश – ६ सय ५० जना
लुम्बिनी प्रदेश – १ हजार ४२ जना
कर्णाली प्रदेश – ४ सय ५८ जना
सुदूरपश्चिम प्रदेश – ३ सय १६ जना
नेपालमा बितेको २४ घण्टामा थप १ सय ९६ जनाको कोरोना संक्रमण का कारण मृत्यु भएको छ । योसँगै नेपालमा कूल मृतकको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।
त्यससँगै हाल नेपालमा १ लाख १४ हजार ५ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया