१. आइतवार कोरोना संक्रमणबाट १ सय ४५ जनाको मृत्यु, २४ घण्टामा थपिए ७ हजार ३ सय ६८ (अरसठ्ठी)
२. प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता, एमालेको विवाद समाधानको लागि १० जनाको वार्ता टोली गठन
३. महामारी नियन्त्रणमा सबै संयन्त्रहरुलाई परिचालन गर्ने सरकारको निर्णय, नेपालीहरुको ज्यान जोगाउन जस्तोसुकै कदम पनि चाल्न प्रधानमन्त्री ओलीको निर्देशन
४. अक्सिजनको आपूर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योग व्यवसायीलाई प्रधानमन्त्री ओलीको निर्देशन, स्वदेशी उत्पादनले नपुगे आयात गर्न र अक्सिजन प्लाण्ट स्थापना गर्न अनुरोध
५. विभाजनको डिलमा पुगेको जसपामा चुलियो मनमुटाव, विवाद मिलाउने प्रयासस्वरुप अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता
६. कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकाहरुको लागि काठमाडौंमा आजदेखि ११ गतेसम्म दोस्रो डोजको खोप लगाउन शुरु, आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध
७. नेपालको लागि आवश्यक खोपसहित स्वास्थ्य सामग्री जुटाउने गरी प्रयास तीव्र बनाउन विभिन्न देशमा रहेका नेपाली कूटनीतिज्ञलाई सरकारको निर्देशन, १३ देशमा रहेका कूटनीतिज्ञसँग भर्चुअल बैठक
८. कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी, काठमाडौं लगायतका मुख्य सहरमा सवारी चेकजाँचमा कडाई
९. सरकारले तयारी नगर्दा अक्सिजन र अस्पतालमा बेडको चरम अभाव देखिएको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष, देशभरको अनुगमनपछि सरकारलाई १३ बुँदे ध्यानाकर्षण
१०. बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, विवाहपछिको ढोगभेटबाट फैलिएको कोरोनाले गाउँ शोकमा ।
११. सुदूरपश्चिम प्रदेशमा २ साताको अवधिमा २ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु, १० हजार संक्रमित थपिए, आइसीयू , भेन्टिलेटर अक्सिजन र बेडको चरम अभाब
१२. निषेधाज्ञाको समयमा नविकरण गर्नु पर्ने मुद्दती निक्षेपका लागि वाणिज्य बैंकहरुले समय थप गर्ने, निषेधाज्ञा समाप्त भएको ७ दिन पछिसम्म नविकरणको व्यवस्था मिलाउन बैंकर्स संघको निर्देशन
१३. भारतको दक्षिणी भेगमा ताउते चक्रवातका कारण चार जनाको मृत्यु, कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात्, गुजरातमा एल्लो अलर्ट जारी
१४. कोरोनाका कारण २०२२ को मध्यभन्दाअघि अन्तर्राष्ट्रिय सीमा नखोल्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनको भनाई, यस वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने तयारी
१५. स्पेनिश ला लिगा फुटबलमा आज राति तीन ठूला क्लब एकै समयमा भिड्दै, जितपछि एथ्लेटिकोले उपाधि चुम्ने नचुम्ने रियलको नतिजामा निर्भर
VIDEO
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया