काठमाडौं । अष्ट्रेलियाले २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने बताएको छ । स्वास्थ्यविज्ञहरुको सुझाव अनुसार नै यो निर्णय गरेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले बताएका छन् ।
पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दवाब बढेको छ । गत साता अष्ट्रेलियाले सीमा खोल्ने प्रस्ताव गरेको थियो । तर प्रधानमन्त्री मौरिसनकै पार्टीका नेताहरुले त्यसको विरोध जनाएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया