संविधानको धारा ७६ (३) बमोजिम पुनः ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

सोमवार ओलीले संसदबाट विश्वासको मत लिनबाट चुकेपनि अन्य दलले बहुमतको सरकार गठन गर्न नसकेपछि ठूलो दलको हैसियतमा ओली नै पुनः प्रधानमन्त्री बनेका हुन् ।

संविधानको धारा ७६(२) बमोजिम राष्ट्रपति भण्डारीले दिएको समयसीमा राति ९ बजेबाट सकिएको छ । त्यससँगै राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बताइएको छ ।

कतै यो पढ्न छुटाउनु पो भयो कि ?

आज रमिता भयो

बहुमतको सरकार गठनको समय सकियो, ठूलो दलको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?