बहुमतको सरकार गठनको समय सकियो, ठूलो दलको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ ।

सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिँदै अन्य दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिहीवार (आज) राति ९ बजे सम्मका लागि दिएको समय सकिएसँगै बहुमतको सरकार गठनको सम्भावना टरेको हो ।

तर तीन दिनको समयमा पनि प्रमुख प्रतिपक्षी कांग्रेससहित माओवादी केन्द्र र जसपाले सहमती जुटाउन नसक्दा नयाँ सरकार बन्न सकेन ।

सोमवार संसदमा तटस्थ बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ नदिँदा नयाँ गठबन्धनको सरकार बन्न नसकेको हो ।

सरकार गठनको अन्तिम दिन बिहीवार (आज) सरकार गठनका लागि सबै राजनीतिक दलहरुबीच आन्तरिक छलफल चलेको थियो । दलहरुबीच सहमती नजुटेपछि बहुमतको सरकार गठनको बाटो टुंगिएका हो । यससँगै पुनः ओली नै प्रधानमन्त्री हुनेछन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रुपनारायण भट्टराईले लोकपथलाई दिएको जानकारी अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

कतै यो पढ्न छुटाउनु पो भयो कि ?

देउवाका आफ्नै दुख छन्

आज रमिता भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?