काठमाडौं – विद्रोहीसँगको भिडन्तका क्रममा गोली लागेर घाइते भएका अफ्रिकी देश चाडका राष्ट्रपति इद्रिस डेबीको निधन भएको छ ।
भिडन्तकै क्रममा रहेको सेनालाई हौसला दिन लिवियासँगको उत्तरी सीमा क्षेत्रमा पुगेका राष्ट्रपती डेबी विद्रोहीको उपचारका क्रममा आज निधन भएको हो ।
चाडका सेनाका प्रवक्ता आजम बर्मान्डोआले देशका सर्वोच्च कमान्डर डेबीले देशको सार्वभौमसत्ता रक्षाको सिलसिलामा अमरत्व प्राप्त गरेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति डेबीको मृत्युपश्चात् उनका छोरा जनरल महमत काकालाई १८ महिनाको लागि अन्तरिम राष्ट्र प्रमुख घोषणा गरिएको छ।
सन् १९९० मा सैन्य कू मार्फत् सत्ता हातमा लिएका डेबी यसै महिनाको शुरुमा ८० प्रतिशत मतसहित छैटौँ कार्यकालको लागि निर्वाचित भएका थिए ।
![The 68-year-old was one of the longest-serving leaders in Africa [File: Ludovic Marin/EPA-EFE]](https://www.aljazeera.com/wp-content/uploads/2021/04/h_55620077.jpg?resize=770%2C513)
अहिलेसम्मकै ठूलो मध्येको एक मानिएको भिडन्तमा तीन सय जना विद्रोही मारिएको र एक सय ५० जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया