रामबहादुर थापा ‘बादल’ पुनः बने गृहमन्त्री, ५ बजे सपथ

काठमाडौं । रामबहादुर थापा ‘बादल’ पुनः गृहमन्त्रीमा नियुक्त बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई गृहमन्त्रीको कार्यभार दिएकी हुन् ।

आइतवार (आज) नै बादललाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको थियो । राष्ट्रिय सभा सदस्यबाट हटेसँगै उनको मन्त्रीपद स्वत खारेज भएको थियो । तर प्रधानमन्त्री ओलीले उनलाई एमाले कोटाबाट पुनः मन्त्री नियुक्त गर्नका लागि सिफारि गरेका थिए ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित बादल पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका थिए । माओवादी केन्द्रले त्यसबारे स्पष्टीकरण सोधेपनि बादलले स्पष्टीकरणको प्रतिउत्तर समेत नपठाएको कारण माओवादी केन्द्रले पद मुक्तका लागि राष्ट्रिय सभा सचिवालयमा पत्र लेखेको थियो ।

बादल बिना सांसद ६ महिनाको लागि मन्त्री हुन पाउने कानूनी प्रावधान अनुसार मन्त्री भएका छन् । आज नै राष्ट्रपति कार्यालयमा ५ बजे सपथग्रहण राखिएको जनाइएको छ ।

यो पनि

आजबाट गृहमन्त्री थापा पदमुक्त (पत्रसहित)

रामबहादुर थापाले पुनः गृहमन्त्रीको सपथ लिँदै

अब थापाको निर्वाचन क्षेत्रमा के हुन्छ ? यस्तो छ कानूनी प्रावधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?