काठमाडौं । गृहमन्त्री समेत रहेको राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’को पद रिक्त भएसँग उनको ठाउँमा उपनिर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभा सदस्यको पदावधि ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था रहेको छ । राष्ट्रिय सभा निर्वाचन ऐन २०७५ अनुसार राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा त्यसको ठाउँमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था रहेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित बादल पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका थिए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्रमा फर्काइदिएको थियो । तर अन्य नेताहरु माओवादी केन्द्रमा फर्किएपनि बादल भने एमालेमा नै बसेका थिए ।
पार्टीले स्पष्टीकरण सोधेको तर बादलले स्पष्टीकरण नबुझाएको भन्दै माओवादी केन्द्रले बादलको पद खारेजीका लागि राष्ट्रिय सभा सचिवालयमा पत्र पठाएका थिए । त्यसै अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै उनलाई पदमुक्त गरेका थिए । यता प्रधानमन्त्री ओलीले उनलाई एमाले कोटाबाट पुनः गृहमन्त्रीमा राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । त्यस्तै उनको आजै साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।
यो पनि
आजबाट गृहमन्त्री थापा पदमुक्त (पत्रसहित)
रामबहादुर थापाले पुनः गृहमन्त्रीको सपथ लिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया