कुवेतमा कामदारहरुले एक वर्षमै अर्को कम्पनीमा भिषा परिवर्तन गर्न पाउने

काठमाडौं । कुवेतमा साना तथा मझौला कम्पनीहरु (एसएमइ)मा काम गर्ने कामदारहरुले एक वर्षपछि अर्को कम्पनीमा भिषा परिवर्तन गर्न पाउने भएका छन् ।

यो नियम लागू भएसँगै त्यहाँ काम गर्न जाने कामदारहरुले तीन वर्षको सट्टा वर्क परमिट (भिषा) जारी गरेको एक वर्षपछि साना र मझौला कम्पनीहरुमा शसर्त परिवर्तन गर्न सक्ने भएका हुन् ।

तर वर्क परमिट परिवर्तन गर्नका लागी रोजगारदाताको स्वीकृति भने आवश्यक रहेको छ । कोरोना भाइरसको सामना गर्न कुवेतले अपनाएको सावधानी र श्रम बजारमा पर्ने प्रभावको पुनरावलोकनपछि कुवेतका वाणिज्य तथा उद्योग मन्त्री डा. अब्दुल्ला अल सलमानले निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कुवेतमा तीन वर्ष पूरा गरेपछि मात्र कम्पनी परिवर्तन गर्न सक्ने नियम रहेको थियो । कुवेत सरकारको यो निर्णयसँगै त्यहाँ रहेका ७० हजार नेपाली कामदारहरुलाई पनि फाइदा पुग्ने जनाइएको छ ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?