कतारमा २ सय ६१ जना नेपाली कामदारलाई रोजगारीको अवसर

काठमाडौं । कतारको एक कम्पनीले नेपाली महिला र पुरुष कामदारको माग गरेको छ ।
कतारको दोहा सहरमा रहेको हमाद बिन खालिद कन्ट्राक्टिङ कम्पनीले २६१ जना नेपाली कामदारको माग गरेको हो ।

कम्पनीले लिपिकका लागि एक जना महिला, सेफ्टी एण्ड हेल्थ टेक्निसियनका लागि ५ जना पुरुष, मासोनका लागि ५० जना पुरुष, कार्पेन्टरका लागि २० जना पुरुष, ड्राइभरका लागि १० जना, टेक्निसियनका लागि २५ जना पुरुष र लेबरका लागि १५० जना पुरुष कामदारको माग गरेको छ ।

करार अवधि २ वर्षे रहेको सो काममा कामदारले तलब खान बस्न सहित ३० हजारदेखि ४४ हजार माथि पाउने कम्पनीले जनाएका छ । योग्यता सम्बन्धित दक्ष हुनु पर्ने र हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

जान चाहने इच्छुक कामदारले साउण्लाईनस रिक्रुटमेन्ट प्रालिको कार्यालय महालक्ष्मीस्थानमा चैत्र २५ र २६ गते अन्तरवार्ता दिनु पर्ने विज्ञापनमा उल्लेख छ ।

भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट रोजगारदाताले बेहोर्ने विज्ञापनमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?