अनुसन्धान विभागले माग्यो कर्मचारी, एसएलसी पासले पनि दरखास्त दिन पाउने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको पदमा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

विभागले विज्ञापन जारी गर्दै २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागे गरेको हो ।

अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?