काठमाडौं– काठमाडौंको गैरीधारामा फेला परेको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको प्रहरीले जनाएको छ ।
आज (मंगलबार) साँझ लोकपथ डटकमको केन्द्रीय कार्यालय अगाडिको पर्खालमा सुटकेश सहितको शंकास्पद वस्तु फेला परेको थियो ।
उक्त सुटकेश कसले – के कारणले राखेको हो भन्ने वारे नखुलेपनि चेकजाँच गर्दा त्यसमा विष्फोटक वस्तु नभएको महानगरीय प्रहरी वृत्त दरवार मार्गका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
शंकास्पद वस्तु फेला परेको जानकारी पाउना साथ प्रहरी शंकास्पद वस्तु फेला परेको स्थलमा पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया