काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकको प्रगतिको समिक्षा गरेको छ ।
मंगलवार चौथो चौमासिक प्रगति सार्वजनिक गर्दै प्राधिकरणले २० हजार भन्दा बढी लाभग्राही थपिएको जानकारी दिएको छ । त्यस्तै १८ हजार भन्दा बढी लाभग्राहीले अनुदान सम्झौता गरेको बताइएको छ ।
‘पुनर्निर्माण प्राधिकरणको आ.व. ०७७/७८ को दोस्रो चौमासिक प्रगतिको समीक्षा गरिएको छ । यसबीचमा २०,२५५ लाभग्राही थपिएका छन् भने थप १८,६२७ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ‘। प्राधिकरणले भनेको छ ।
त्यस्तै, २२,५८९ लाभग्राहीले पहिलो १८,६४९ ले दोस्रो र २९,३४९ ले तेस्रो किस्ता लिएका छन् । थप ३६,०५० घरहरू पुनर्निर्माण भएका छन् भने २८,८७२ घरहरुको पुनर्निर्माण शुरु भएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया