विन्फ्रेसँगको अन्तर्वार्तामा दिएको अभिव्यक्तिले प्रियंका चोपडा विवादमा

काठमाडौं । चर्चित पत्रकार ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि बलिउड अभिनेत्री विवादमा आएकी छिन् ।

अन्तर्वार्तामा इस्लाम धर्मको बुझाइबारे प्रियंकाले दिएको अभिव्यक्तिका कारण उनी विवादमा आएकी हुन् । सामाजिक सञ्जालमा धेरै मानिसहरूले उनको तर्कको खिल्ली उडाएका छन् ।

मेघन मार्कल र प्रिन्स ह्यारीसँगको भर्खरैको अन्तर्वार्ता पछि ओप्रा विन्फ्रेले प्रियंका चोपडा जोनाससँग अन्तर्वार्ता लिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?