बहराइनमा ३३० जना कामदारलाई रोजगारीको अवसर

काठमाडौं । बहराइनको एक कम्पनीले नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ । बहराइन शहरमा रहेको अल मनरत्ताइन कम्पनी र ड्रिम प्रोपर्टी डेभलपमेन्ट कम्पनीका लागि जम्मा ३३० जना कामदार माग गरेको हो ।

अल मनरत्ताइन कम्पनीले पेन्टर, अफिस स्टाफ, गार्डेनर, इन्जिनियर, क्लिनर हेल्पर लगायतका झण्डै दुई दर्जन विधामा १२८ पुरुष कामदारको माग गरेको छ ।

साथै ड्रिम प्रोपर्टी डेभलपमेन्ट कम्पनीले सुपरभाइजर ५ जना र माइनटेन्नसी क्लीर्लकका लागी १९५ गरी जम्मा २०० जना पुरुष कामदारको माग गरेको छ । त्यस्तै क्लिनर हेल्परका लागि २ जना महिला कामदारको माग गरेको छ ।

करार अवधि २ वर्षे रहेको सो कामका लागि सम्बन्धित काममा दक्ष हुनु पर्ने साथै हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने बिज्ञापनमा उल्लेख छ । तलब खान बस्न सहित ३० हजार देखि ९२ हजार माथि सम्म पाउने कम्पनीले जनाएको छ ।

जान चाहने इच्छुक कामदारले चैत्र ११ गते  नाइस रिक्रुटिङ एजेन्सी प्रालि सामाखुसी काठमाडौंमा अन्तरवार्ता दिनु पर्ने विज्ञापनमा उल्लेख छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले र विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?