काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसंगै यहां बिरामीको सङ्ख्या बढेको हो । हामीसंग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४ सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ” अस्पतालका निर्देशक डा.रवि शाक्यले भन्नुभयो, एक दिनमा लगभग ४५ मिर्गौला पीडितको डायलासिस भइरहेको छ ।
साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउंछन् । पाटनले लामो समयदेखि सो रोगको शिकार भएका मानिसलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयां बिरामीलाई भने वार्षिक एक लाख बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा.शाक्यले जानकारी गराउनुभयो ।
सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताउनुभयो । मिर्गौला मानव शरीरको अति महत्वपूर्ण अङ्ग हो । यसले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउंदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ ।
सो रोग लागेपछि हातखुट्टा अनि अनुहार सुनिने, थकान महसुस हुने, छाला चिलाउने, भोक नलाग्ने, कम्मरको भाग दुख्ने आदि समस्या देखिने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग भएका मानिसले मिर्गौला बचाउन सदैव विशेष ध्यान पुर्याउनुपर्छ । मिर्गौला स्वस्थ राख्न स्वास्थ्य, खानपान र सक्रिय दिनचर्या अपनाउनसमेत जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया