कतारमा १२५ जना नेपाली कामदारलाई रोजगारीको अवसर

लोकपथ
0
Shares

काठमाडौं । कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा शहरमा रहेको ‘चाइना रेलवे एटीन्थ बुरेउ ग्रुप कम्पनी’ र ‘बुन्जर इभेन्टस् कम्पनी’ले १२५ जना नेपाली महिला पुरुष कामदारको माग गरेको हो ।

कम्पनीले कार्पेन्टरमा मसोनमा ५० जना पुरुष, ५० जना पुरुष, प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरी जम्मा १२५ जना कामदारको माग गरेको छ । कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनीले जनाएको छ । २ वर्षे करार अवधि रहेको सो काममा कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

कामदारले तलब खान बस्न सहित ३८ हजार पाउने कम्पनीले जनाएको छ । इच्छुक कामदारले पोमोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने र र हवाई टिकट रोजगारदाताले बेहोर्ने विज्ञापनमा उल्लेख गरिएको छ । विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा जनाइएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?