आकर्षक तलबसहित कतारमा रोजगारीको अवसर

काठमाडौं । कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।
दोहा शहरमा रहेको आइडेन्टी क्रेटिभ डेसिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले ७ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

कम्पनीले लेबरका लागि ३ जना, ड्राइभर एक र वर्कर ३ जना गरि जम्म ७ जना कामदारको माग गरेको छ । कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनीले जनाएको छ ।

२ वर्षे करार अवधि रहेको सो काममा कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनीको विज्ञापनमा उल्लेख । कामदारले तलब खान बस्न सहित करिब २८ हजार देखि ५४ हजार सम्म पाउने कम्पनीले जनाएको छ । इच्छुक कामदारले पोखरा रिक्रुटमेन्ट प्रा. ली. सीतापाइला काठमाडौंमा चैत्र ६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने र र हवाई टिकट रोजगारदाताले बेहोर्ने विज्ञापनमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?