लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले खरिदार पदमा कर्मचारी माग गरेको छ । आयोगले गोरखापत्रमा विज्ञापन प्रकाशन गर्दै राजपत्र अनंकित द्धितिय श्रेणी (अप्राविधिक) खरिदार पदका विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

विज्ञापनमा न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी बाट आवेदन माग गरिएको छ । आवश्यक योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म दरखास्त दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?