नारी दिवसमा विध ल्याबको विशेष छुट

लोकपथ
0
Shares

काठमाडौं । नेपाल सरकारबाट ‘ए’ ग्रेडको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुट दिने भएको छ । स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्ना सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको विध ल्याबले जनाएको छ ।

नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण ३ हजारमै गरिने छ।

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण ५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?