अब साना जलविद्युत आयोजनालाई पनि पुनर्कर्जा, यस्तो छ कार्यविधि

काठमाडौं । अब साना (१०मेगावट) जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले १ खर्ब भन्दा माथिको पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोरोना प्रभावित व्यवसाय अनुसार थप लगानी गर्न कार्यविधि संशोधन गरिएकोे जनाएको छ ।

हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । यस्तो पुर्नकर्जा ४२ अर्ब ५० करोड लगानी गर्न सक्ने क्षमता भएकोमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सो संशोधनमा गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान हुने, ग्राहक अनुसार प्रदान हुने तथा लघुवित्तलाई दिइने पुनरकर्जाको सीमा माग, आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्ने व्यवस्था सो संशोधनले गरेको छ । त्यस्तै,सो पुनरकर्जा कार्यविधिमा इजाजत पत्र प्राप्त संस्थाले पुनरकर्जाको आवेदन पेश गर्दा ग्राहक ऋणीको कर्जा वर्गिकरण, कर्जा प्रवाह मिति, कर्जा भुक्तान मिति र कर्जाको व्याजदर स्पष्ट रुपमा खुलाउनुको अतिरिक्त कुन प्रकारको पुनरकर्जाको लागि आवेदन पेश गरेको हो सोको व्यहोरा पनि स्पष्ट रुपमा किटान गरी पेश गर्नुपर्ने उल्लेख छ ।

यस्तो पुनर्कर्जा इजाजतपत्र प्राप्त संस्थालाई ५ करोड रुपैंयासम्म उपलब्ध गराइनेछ । एकमुष्ट प्राप्त हुने यस्तो कर्जा कुल पुर्नकर्जाको ७० प्रतिशतसम्म प्राप्त हुन सक्नेछ ।

त्यस्तै बैंकले ग्राहक मुल्यांकन गरी २० करोड रुपैयाँसम्म पुर्नकर्जा उपलब्ध गराउन सक्नेछ ।

कार्यविधि हेर्न तलको लिंक क्लिक गर्नुहोस्

New-Refinance-Procedure2077-first-ammendment-1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?