ईपीएस परीक्षा उत्तीर्ण गरेका कामदार छिट्टै कोरिया जान पाउने

लोकपथ
0
Shares

काठमाडौं । कोभिड-१९ पछि श्रम सम्झौता भएरपनि जान नपाएका साढे ७ हजार कामदारलाई पठाउन शुरु गरिने वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले बताएको छ ।

शाखाले कोरियन भाषा (ईपीएस) परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका साढे ७ हजार कामदार चाँडै पठाउने विषयमा छलफल र तयारी भइरहेको जानाएको हो । कामदारका लागि कोरोना स्वास्थ्य विषय, कामदारको बिमा र कोरियामा कोरोनाबाट सुरक्षित भएर कसरी काम गर्नेलगायतका विषयमा छलफल भइरहेको शाखाले बताएको छ ।

विभागले गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति गरेको बताएको थियो ।

सन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन् । कोरोनाका कारण प्रक्रिया पुगेका करिब १० हजार नेपाली कोरिया रोजगारीमा जान पाएका छैनन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?