काबुलमा विस्फोट : पाँचको मृत्यु

RSS
0
Shares
KABUL, July 1, 2019 (Xinhua) — Afghan security force members stand near the site of a blast attack in Kabul, capital of Afghanistan, July 1, 2019. Up to 34 people have been confirmed dead and 68 injured persons have been taken to hospitals after a powerful blast rocked Kabul in the morning rush hour on Monday, a local broadcaster network the Tolo television reported. (Xinhua/Rahmat Alizadah/IANS)

,काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिवार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिवार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?