क्यासलेस बन्दै समाज, विद्युतीय कारोबारमा उल्लेख्य प्रगति

कमला अर्याल / काठमाडौं । पछिल्लो समय नेपाली समाज नगदरहित बन्दै गइरहेको छ । सरकारले नगर कारोबारलाई न्युनिकरण गर्दै विद्युतीय (डिजिटल) कारोबारलाई बढवा दिँदै आइरहेकाले समाज नगदरहित बन्दै गइरहेको हो ।

कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनका कारण त यसको लोकप्रियताझै बढेर गएको छ । पछिल्लो समय क्यूआर कोर्डको प्रयोगले पनि डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले विभिन्न तरकारी तथा फलफुल बजारमा क्यूआर कोर्डको उद्घाटन गर्न भ्याइ नभ्याई छ । इन्टरनेटको पहुँच हुने गरेका स्थानमा डिजिटल कारोबारले लोकप्रियता पाएको छ । डिजिटल भुक्तानीलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

त्यति मात्रै होइन राष्ट्र बैंकले सरकारी चेकको भुक्तानीको म्याद पनि घटाएर १५ दिनमा झारेको छ । यसो गर्नु नै क्याशलेस कारोबारलाई बढवा दिनु भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रश्रय दिँदै बैंक तथा वित्तीय संस्थाका अतिरिक्त आईएमई पे, प्रभु पे, खल्ती, मोरु, क्यु पे, स्मार्टकार्ड,ई सेवा, सेल पे, सिजी पे, पेटाइम, र मोहर पे कार्डलगायत भुक्तानी सेवाप्रदायक कम्पनीलाई आर्थिक कारोबारका लागि अनुमति दिएको छ ।

यस्तो छ विद्युतीय कारोबारको पछिल्लो अवस्था

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार विद्युतीय भुक्तानीका माध्यममार्फत् हुने कारोबार उल्लेख्य रुपमा बढेको छ । यस्तो कारोबार एक महिनामै करिब ६ खर्ब रुपैयाँले बढेकोे देखिएको छ । पुस महिनामा यस्तो कारोबार ५ खर्ब ९१ अर्ब ८३ करोड रुपैयाँले बढेको हो । यो कुल गत मंसिरको तुलनामा २४.९० प्रतिशतले बढी हो । यस अवधीमा विद्युतीय कारोबार मार्फत कुल २९ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत मंसिर महिनामा यस्तो कारोबार २३ खर्ब ७७ अर्ब २७ करोड रुपैयाँ भएको थियो । यो कारोबार आरटिजिएस, एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, इसीसी, आइपीएस, इ–कमर्श, पीओएस, क्यूआरकोड, डेविट कार्ड, क्रेडिटकाड, शाखारहित बैकिङ, प्रिपेड कार्ड, वालेटमार्फत् गरिएको हो । गत मंसिर महिनाको भन्दा पुस महिनामा आरटीजीएसबाट ३ खर्ब ७९ अर्ब १७ करोड रुपैयाँले बढेर १६ खर्ब ८४ अर्ब ३ करोड रुपैयाँले बढेको छ ।

त्यस्तै, पुस मसान्तसम्म एटीएमबाट हुने कारोबार २ अर्ब ५१ करोड रुपैयाँले बढेर ५८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै,यस अवधीमा इसीसीमार्फत हुने कारोबार १ खर्ब ४९ अर्ब ९८ करोड रुपैयाँले बढेर ७ खर्ब ६२ करोड ७६ लाख रुपैयाँ पुगेको छ । मंसिर महिनाको तुलनामा आइपीएसबाट हुने कारोबार ४१ अर्ब ९४ करोड रुपैयाँले बढेर २ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कनेक्ट आइपीएसबाट हुने कारोबार १० अर्ब ७६ करोड रुपैयाँले बढेर १ खर्ब ७७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले देखाएको छ ।

त्यस्तै, डेविट कार्डबाट २ अर्ब ७६ करोड रुपैयाँले बढेर ६ अर्ब ६० करोड रुपैयाँ र प्रिपेड कार्डबाट २ करोड रुपैयाँले बढेर १० करोड ८० लाख रुपैयाँ, इ(कमर्स मार्फत् ८ करोड रुपैयाँले कारोबार बढेर ८४ करोड ३० लाख रुपैयाँ र वालेमार्फत् हुने कारोबार ६६ करोड ९० लाख रुपैयाँले कारोबार बढेर ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुगेको देखिएको छ । त्यस्तै,यस अवधीमा मोबाइल बैंकिङबाट २ अर्ब ८६ करोड रुपैयाँले बढेर ३३ अर्ब १५ करोड रुपैयाँ, इन्टरनेट बैंकिङबाट १ अर्ब २९ करोड रुपैयाँले बढेर ८ अर्ब ५० करोड रुपैयाँ तथा शाखारहित बैकिङबाट ६ करोड ७० लाख रुपैयाँले बढेर १ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

पुसमा क्यूआर कोर्ड, पीओएस र क्रेडिट कार्डमार्फत् हुने कारोबार भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधीमा क्यूआरकोर्ड मार्फत हुने कारोबार कारोबार १ करोड १० लाख रुपैयाँले घटेर १ अर्ब २४ करोड ५० लाख रुपैयाँमा झरेको छ । त्यस्तै, पीओएसमार्फत् हुने कारोबार गत मंसिर महिनाको तुलनामा ५ करोड २० लाख रुपैयाँले घटेर ३ अर्ब ५ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ । त्यस्तै,यस अवधीमा क्रेडिट कार्डमार्फत्को कारोबार २४ करोड ५० लाख रुपैयाँले घटेर ९५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । मंरिर महिनामा यस्तो कारोबार १ अर्ब २० करोड रुपैयाँ भएको थियो ।

के हो विद्युतीय (डिजिटल) कारोबार ?

विना कसरत गरिने बैंकिङ कारोबार नै डिजिटल कारोबार हो । अझै यसलाई प्रसस्तसँग बुझ्न विद्युतीय माध्यमबाट भौतिक रुपमा बैंकमा उपश्थित नभइकनै गरिने कारोबार डिजिटल कारोबार हो । वर्तमान अवस्थामा नेपालमा डिजिटल कारोबारबार अपरिहार्य जस्तै भएको छ । अहिले लगभग अधिकांश क्षेत्रमा डिजिटल प्रविधिमार्फत कार्य सम्पादन तथा कार्य व्यवस्थापन गरिँदै आएको छ । जसले गर्दा कार्य सम्पादनमा सहज हुनुको साथै समय तथा लागत पनि घटेको छ ।

त्यति मात्रै होइन,डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबार समेत मितव्यायी र पारदर्शी बनाएको छ । डिजिटल बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकहरुले आफ्नै घरबाट सजिलैसँग कारोबार गर्न सक्छन् । यसो हुँदा बैंकसम्म धाउनु पर्दैन । त्यतिमात्रै नभएर घरमा बसीबसी बैंक खाता खोल्न सकिने, रकम ट्रान्सर्फर,सकिने कर्जाको माग गर्न सकिने तथा अन्य सम्पूर्ण विद्युतिय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने हुन्छ । त्यसका साथै डिजिटल माध्यमबाट गरेको कारोबारको जानकारी पनि तुरुन्तै पाइने हुनाले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग निकै लाभदायक सावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?