कोशीमा नयाँ सरकार आह्वानको माग गर्दै प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

लोकपथ
91
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार आह्वान गर्न नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।

कोशीमा नयाँ सरकार आह्वान गठनको माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख खापुङ समक्ष पत्र बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता कार्की र माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ ।

गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वतस् पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?