२२ जेष्ठ २०८०, सोमवार

गैँडाको आक्रमणबाट एक वृद्धा घाइते

२०७७,माघ,२६,सोमवार १४:१४

0
Shares

नवलपरासी ।  नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएकी छिन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज (सोमवार) बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएकी हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए । घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले जानकारी दिए ।

ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी हुमनाथ पोखरेलले बताए । गैँडाको आक्रमणबाट घाइते भएकी रेग्मीलाई करीब १० वर्ष अगाडिसमेत गैँडाले आक्रमण गरी घाइते बनाएको पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०