इतिहासमा आज : चर्चित फुटबलर रोनाल्डो र नेयमारको जन्म, दुवैको बाल्यावस्था कष्टकर

काठमाडौं । अहिलेका चर्चित फुटबलरमा तीन नाम हामीलाई मुखमै आउँछ, लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जूनियर । यी तीनमा दुई जनाको जन्म आजकै दिन भएको हो ।

१९८५ मा आजकै दिन पोर्चुगलको एक गरीब परिवारमा क्रिस्टियानो रोनाल्डको जनम भएको थियो । त्यस्तै १९९२ मा आजकै दिन ब्रालीलको एक गरीब परिवारमा नेयमार जूनियरको जन्म भएको थियो । पहिले कुरा गरौँ रोनाल्डोको ।

उनका पिता एक माली थिए । आमा अर्काको घरमा गएर खाना बनाउँथिन् ।

चार भाई बहिनीमा सबैभन्दा सानो रोनाल्डोको परिवार टीनको छत भएको घरमा बस्थे । यस्तो अवस्थामा रोनाल्डोलाई स्कूलमा भर्ना गराइयो । त्यहिँबाटै रोनाल्डोको फुटबल यात्रा शुरु भयो ।

उनलाई पढाई भन्दा धेरै फुटबल खेल्न मन लाग्दथ्यो । आठ वर्षको उमेरमा उनले लोकाल टीमबाट फुटबल खेल्न शुरु गरे । उनको उत्कृष्ट प्रदर्शनले चाँडै उनी विश्व अण्डर १७ मा छानिए ।

उनी जब १८ वर्षका थिए । त्यो बेला इंग्लिश फुटबल क्लव म्यान्चेस्टर यूनाइटेडले उनलाई १७ मिलियन अमेरिकी डलरमा साइन गर्यो । त्यसपछि रोनाल्डोले पछाडि फर्किएर हेरेनन् ।

केहि वर्षसम्म उनी स्पेनको क्लव रियल मड्रिडका टीमका पर्याय बने । अहिले उनी फ्रेन्च फुटबल क्लव पीएसजीमा छन् ।

क्रिस्टियानो रोनाल्डोको झैँ नेयमार द सिल्वा सान्टोस जूनियर अर्थात् नेयमार जूनियरको पनि जन्म १९९२ मा ब्राजीलमा भएको थियो ।

नेयमार परिवार साओ पाउलोमा मोगी डास क्रिजेस नामको झोपडीमा बस्थे । उनका पिता फुटबलमा राम्रा खेलाडी थिए । तर घरको अवस्था राम्रो थिएन । परिवार चलाउनको लागि नेयमारका पिता फरक फरक काम गर्दथे ।

उनीहरुको परिवारमा यति धेरै आर्थिक स्थिती कमजोर थियो कि, बत्ती बाल्नका लागि पैसा समेत थिएन, जसका कारण केहि समय उनीहरु बत्ति बिनै बसे । नेयमारले पहिला स्ट्रीट फुटबलको रुपमा करियर शुरु गरे ।

पिताले गरिबीले सताए पनि छोरालाई फुटबलर बन्न सहयोग गरे । ११ वर्षको उमेरमा नेयमार ब्राजिलको चर्चित एफसी सेन्टोस क्लवमा गए । त्यसपछि उनले पछाडि फर्केर हेरेनन् ।

१७ वर्षको उमेरमा नेयमारले एफसी सेन्टोससँग पहिलो सिनियर कन्ट्याक्ट साइन गरे । २००९ मा नेयमार अण्डर १७ ब्राजीलको टीमका कप्तान थिए । १०१७ मा नेयमार संसारका सबैभन्दा महंगा फुटबलर थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?