इटालीका प्रधानमन्त्रीले दिए राजीनामा

लोकपथ संवाददाता
0
Shares
FILE PHOTO: Italian Prime Minister Giuseppe Conte gestures as he speaks ahead of a confidence vote at the upper house of parliament after former Prime Minister Matteo Renzi pulled his party out of government, in Rome, Italy, January 19, 2021. REUTERS/Yara Nardi/Pool/File Photo

काठमाडौं । इटालीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न नसकेपछि प्रधानमन्त्री गिउसेप कोन्टेले राजीनामा दिएका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेका कारण आलोचना खेप्दै आएका उनले मंगलवार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री बनाएका छन् ।

यो कामिलामा बुधवार सबै पार्टीको बैठक बोलाइएको थियो । कोन्टे २०१८ बाट दुई गठबन्धन सरकारको नेतृत्व गरिसकेका छन् । एक हप्ता पहिला नै उनले लोअर हाउसमा विश्वासमत हासिल गरेका थिए ।

इटालीमा अहिलेसम्म ८६ हजार ८८९ जनाको मृत्यु भइसकेको छ भने २५ लाख १ हजार १४७ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?