सफलताका ‘१० सुत्रहरु’ जान्नुहोस्

लोकपथ
91
Shares
Happy successful fitness woman raising arms and winning after exercising. Success in sport training concept.; Shutterstock ID 140134870; PO: aol; Job: production; Client: drone

काठमाडौं – अधिकांश मानिसहरु आफ्नो सबै समय,उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुँदैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् ।

कसरी  ?

यो प्रश्नको सरल जवाफ छ – ‘उनीहरु कुनै टेक्निकले’ काम गर्दछन् ।

यहाँ  सफलताका सुत्र प्रस्तुत गरिएको छ ।

आफैँलाई सोध्नुहोस् : सफलताको स्वाद चाख्ने नै हो भने पहिलो नम्बरमा आफ्नो मनलाई सोध्नुहोस् । विचारहरुबीच छिनोफानो गराउनुहोस् । एउटा स्पष्ट विचार तयार पार्नुहोस् ।

लक्ष्य निर्धारण : आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् । बाधा अड्चनले तपाईलाई हललाउनै नसकोस् त्यसरी दृढ बन्नुहोस् ।यो कुरा बुझ्नुहोस् कि ”लक्ष्य भनेको मिती सहितको सपना हो।” 

आफैँलाई जित्नु : डर/ त्रास /भयमा नअल्मलिनुहोस्, यसलाई जितेर अघि बढ्नुहोस् ।आफूलाई जित्नुभयो भने संसार जित्नसक्नुहुन्छ ।

धैर्यता : कायम राख्नुहोस् र रिसलाई वशमा लिनुहोस् ।

निरन्तरता : कामलाई निरन्तरता दिइरहनुहोस् एक रात मै सफल हुन सकिदैँन भन्ने तथ्य बुझ्नुहोस् लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई मनन गर्नुहोस् ।

‘गफले भात पाक्दैन’ : नेपालीमा एउटा प्रचलित भनाई नै छ गफल भात पाक्दैन । हो, सफल बन्ने हो भने गफ चुटेर मात्रै हुँदैन । रातैदिन योजना बनाएर मात्रै हुँदैन । चीनका  धनाढ्य ज्याक मा ले भनेका छन् धेरै सोचेर र योजना बनाएर मात्रै नबस्नुहोस् । कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् । कार्यान्वयन पाटोमा लगिहाल्नुहोस्

खुल्ला सोँच उदारता : सधैँ खुल्ला सोच राख्नुहोस् । उदार जीवन जिउनुहोस् । मल्टिपल विजनेसबारे सोच्नुहोस् ।

समर्पण र त्याग  : त्याग गर्न सिक्नुहोस् त्यसैले केही ठूलो कुरा पाउन स – साना कुरा गुमाउन पनि जान्नुहोस् ।

वातावरण कस्तो छ ? : खराब आनीबानी, वातावरण र साथीसंगतबाट टाढा बस्नुहोस् ।

आफैँलाई जाँच : आफू हिँडेको बाटो सहि छ छैन निक्र्यौल गर्नुहोस्।

मितव्ययीता : आफूसँग भएको पैसा सम्पत्ति असल कर्मको लागि खर्चनुहोस् । र सधै सही ठाउँमा मात्र प्रयोग
गर्नुहोस् ।

सकारात्मक सोच : सधैँ सकारात्मक सोच कायम राख्नुहोस् ‘म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी क्षमता र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने’ भावनालाई अहिल्यै त्याग्नुहोस् । सकारात्मक सोच नै सफल जीवनको पहिलो मन्त्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?