१२ जेष्ठ २०७९, बिहीवार

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न, के के भए निर्णय?

२०७७,माघ,६,मंगलवार १५:२६

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले महासंघको बागमती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै सचिवालय व्यवस्थापनको लागि महासंघ बागमती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारिणी समितिमा प्रतिमा भट्ट (गुर्खा इन्काउन्टर प्रा.लि.), राजु श्रेष्ठ, अध्यक्ष, (उद्योग वाणिज्य संघ चितवन), बोधनाथ दुवाडी –निवर्तमान अध्यक्ष, धादिङ उवासंघ), गेल्बु शेर्पा, (अध्यक्ष, उद्योग वाणिज्य संघ, जिरी) लगायतलाई मनोनयन गरेको छ ।

बैठकमा बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति थियो ।

 

 

प्रकाशित मिति: २०७७,माघ,६,मंगलवार १५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

रसुवा । रसुवामा द्वन्द्वकालिन लको समयको २३ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५