चीनमा गत पाँच महिना यताकै धेरै कोरोना संक्रमित थपिए : हुबेईमा फेरि लकडाउन

काठमाडौं । चीनमा फेरि कोरोनाको कहर शुरु भएको छ । एकैदिन चीनमा आज ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या चीनमा गत ५ महिना यताकै सबैभन्दा धेरै हो ।

यसका साथै हुबेई प्रान्तमा फेरि लकडाउन शुरु गरिएको छ ।

त्यहाँका केहि स्थानमा लकडाउन र केहि स्थानमा कडा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गोंगडोंग प्रान्तमा दक्षिण अफ्रिकी कोरोनाको नयाँ स्ट्रेन पाइएको बताइएको छ ।

जसका कारण शिनिजियांग प्रान्तमा ठूलो संख्यामा परीक्षण थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?